दफा ३०
बिदाको स्वीकृति
(१) प्रधान न्यायाधीशले भैपरी आउने बिदा र पर्व बिदा आफै लिन सक्नेछ र अन्य बिदाको लागि राष्ट्रपतिको स्वीकृति लिनु पर्नेछ ।
(२) न्यायाधीशले सबै बिदा प्रधान न्यायाधीशबाट स्वीकृत गराउनु पर्नेछ ।
(३) प्रधान न्यायाधीश र न्यायाधीशले उपदफा (१) वा (२) बमोजिम लिएको बिदाको अभिलेख सर्वाेच्च अदालतले राख्नु पर्नेछ ।